स्रोत नखुलेको नगदसहित एक जना पक्राउ


 


रौतहट, वैशाख ४ । गौर नगरपालिका–१ बाट स्रोत नखुलेको नगद ५ लाख ४९ हजार रुपैयाँसहित राजदेवी नगरपालिका–१ बस्ने २५ वर्षीय सन्तोष कुमार बैठालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको गस्ती प्रहरीले गस्ती गर्दै जाने क्रममा साइकलमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि नगदसहित भन्सार कार्यालय गौर रौतहटमा बुझाइएको छ ।

प्रकाशित मिति: ४ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्