मधेश प्रदेश सभामा जनमत पार्टीको नाराबाजी, बैठक स्थगित


 


कामठाडौं, वैशाख ४ । जनमत पार्टीले अवरोध गरेपछि मधेश प्रदेश सभाको बैठक १० मिनेट स्थगित भएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनका लागि बोलाइएको प्रदेश सभाको बैठकमा जनमतले अवरोध गरेका हुन् ।

सभामुखले बैठक सुरू गरेलगत्तै जनमत पार्टीका सांसद चन्दन सिंहले सरकारले गरेको प्रतिवद्धता पूरा गर्नुपर्ने माग राखे । माघ ८ गते कृषि विश्वविद्यालयको उद्घाटनमा जनमत पार्टीका सांसद महेशप्रसाद यादवमाथि आक्रमण भएको थियो ।

फागुन ६ गते मुख्यमन्त्रीले तेस्रो पटक विश्वासको मत लिंदा उक्त घटनाको बारेमा छानबिन गर्न समिति गठन गर्ने निर्णय गरिएपनि आज चौथो पटक विश्वासको मत लिंदा जनमत पार्टीले उक्त कुरा पूरा नभएको भन्दै बैठक अवरोध गरेको हो ।

प्रकाशित मिति: ४ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्