स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंकका ग्राहकहरुलाई बिशेष छुट


 


काठमाडौं, वैशाख ४ । प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा छुट दिन प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रालिबप्च दुई पक्षीय समझदारी भएको छ ।

सो समझदारी पत्रमा प्रभु बैंक लिमिटेडको तर्फबाट प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकाल र वन्डर्स नेपाल प्रालि (स्काइवाक) का तर्फबाट कार्यकारी निर्देशक पदम प्रसाद न्यौपानेले हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले यो सुविधा दुई वर्षसम्म उपभोग गर्न पाउनेछन् । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले कमलादी स्थित वन्डर्स नेपाल प्रालिको स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले टिकट खरिद गर्दा प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने छ ।

प्रभु बैंकले यस किसिमका ग्राहक लक्षित छुट तथा अन्य सुविधा सम्झौताहरु देशभरका विभिन्न अस्पताल, रेष्टुरेन्ट, होटल, पार्लर, डिपार्टमेन्टल स्टोरहरु लगायत अन्य व्यापारिक ईकाइहरुमा समेत गरेको जानकारी दिएको छ ।

स्काइवाक टावर कुल ७८ दशमलव पाँच मिटर अग्लो छ र यस टावरबाट उपत्यकाको तीनसय ६० डिग्रीमा द्दश्यावलोकन गरि मनोरजंन लिन सकिन्छ ।

प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर छन् । करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय बैकिङ्ग तथा वित्तिय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

यस बैंकले विश्वभर बाट रेमिटान्स सेवा दिदै रेमिटान्स खाता मार्फत उच्च व्याजदरमा सेवा दिदै आइरहेको छ ।

प्रकाशित मिति: ४ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्