एसीसी प्रिमियर कप : आज साउदी अरेबियासँग खेल्दै नेपाल


 


काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज साउदी अरेबियासँग खेल्दैछ । ओमानको अल अमिरातमा खेल बिहान पौने १२ बजे शुरु हुनेछ ।

आजको खेल जितेमा समूह चरणमा अपराजित बन्दै नेपालले सेमिफाइनल खेल्नेछ । नेपाल यसअघि नै समूह विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ ।

हिजो भएको खेलमा साउदी अरेबिया कतारसँग पराजित भएसँगै नेपाल समूह ‘ए’ को विजेता बनेको हो । ३ खेल खेलेको नेपालको ६ अंक छ ।

समूह ‘ए’ अन्तर्गत नै आज नेपाल र साउदी भिड्दा सोही समयमा नै मलेसिया र हङकङ खेल्नेछन् । नेपालबाहेक अन्य टोलीको अघिल्लो चरण यात्रा नेट रनरेटमा भर पर्नेछ ।

प्रकाशित मिति: ५ बैशाख २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्