बढ्यो डलर, अरू विदेशी मुद्राको के छ स्थिति?


 


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर र दिनारको मूल्य बढ्दा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।

आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८३ पैसा थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४५ पैसा निर्धारण भएको छ। हिजो युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६६ पैसा थियो।

आज बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८० पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १७ पैसा थियो।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ८६ रुपैयाँ निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८० पैसा थियो।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ५१ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ९७ पैसा थियो।

प्रकाशित मिति: ५ बैशाख २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्