कति छ आज सुनको मूल्य ?


 


काठमाडौं, वैशाख ५ । नेपाली बजारमा पछिल्लो समय दैनिक उकालो लागिरहेको सुनको मूल्य आज भने स्थिर छ ।

सुन आज पनि प्रतितोला एक लाख ३९ हजार दुई सय रुपैयाँमा नै कारोबार भइरहेको छ ।

हिजो पनि सोही मूल्यमा कारोबार भएको सुनको यो मूल्य हालसम्मकै उच्च मूल्य हो ।

सुनको मूल्य स्थिर रहँदा आज चाँदीको मूल्य भने घटेको छ ।

चाँदी आज तोलामा ३५ रुपैयाँ घट्दै प्रतितोला एक हजार सात सय १५ रुपैयामाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ५ बैशाख २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्