सुदूरपश्चिममा सोडरीलाई नै मुख्यमन्त्री बनाउने नेकपा एसको निर्णय


 


काठमाडौं, वैशाख ५ । नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेशमा संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।

बुधबार बसेको सचिवालय बैठकले दल नेता सोडारीको नेतृत्वमा नै सरकार गठन गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

सत्ता गठबन्धनमा संकट आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिन तयार भएका थिए ।

त्यसअनुसार एकीकृत समाजवादीका दल नेता सोडारीले बुधबार बिहानै मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेपनि केन्द्रको निर्देशन नआएको भन्दै एमाले नेताहरू बैठकमै गएनन् ।

सत्ता गठबन्धनका नेताहरूले सोडारीलाई मुख्यमन्त्री बनाउन एमाले नेताहरू तयार नभएको बताएका छन् ।

प्रकाशित मिति: ५ बैशाख २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्