जनकपुरमा जलिरहेको युवतीको शव बरामद


 


जनकपुरधाम, वैशाख ६ । जनकपुरमा प्रहरीले जलिरहेको अवस्थामा एक युवतीको शव बरामद भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोकमा रेल्वे लिक नजिक पोखरी डिलमा बुधबार राति २३ वर्षीय युवतीको शव जलिरहको अवस्थामा प्रहरीले बरामद गरेको हो ।

पोखरीको डिलमा राति ८ बजेतिर जलिरहेको अवस्थामा महोत्तरीको मनरासिसा नगरपालिका–२ कि २३ वर्षीया प्रियंका महतोको शव बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

शव जलिरहेको स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको हो । उनको हत्या गरेर शव जलाएको हुन सक्ने प्रहरीको आशंका छ ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

प्रकाशित मिति: ६ बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्