अर्को विकल्पमा माधव नेपाल, देउवासंग भेटवार्ता


 


काठमाडौं, वैशाख ६ । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई एमालेले समर्थन नगर्ने देखिएपछि एकीकृत समाजबादीले अर्को विकल्प खोज्न थालेको छ ।

एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपालले यही विषयलाई लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग भेटवार्ता गरेका छन् । उनीहरुबीच बुधबार साँझ सुदूरपश्चिम प्रदेशका विषयमा संवाद भएको बताइएको छ ।

सत्ता गठबन्धनमा सुदूरपश्चिममा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनाउने निर्णय भएपनि एमालेले सोडारीलाई स्वीकार गरेको छैन । तर एकीकृत समाजबादीले प्रदेश संसदीय दलका नेता सोडारीलाई नै मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ ।

मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय आज सकिँदैछ ।

प्रकाशित मिति: ६ बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्