कञ्चनपुरमा गहुँबालीमा आगलागी, ८ बिघा बढीको गहुँ नष्ट


 


कञ्चनपुर, वैशाख ६ । कञ्चनपुरमा गहुँबालीमा आगलागी हुँदा झण्डै आठ विघा भन्दा बढी जमिनमा लगाइएकाे गहुँबाली जलेर नष्ट भएको छ ।

जिल्लाको दोधरा चाँदनी नगरपालिका ७ का विरबहादुर सुनार सहित २० जना किसानको गहुँबालीमा आगलागी भएको हो ।

आज दिउँसो डेढ घण्टासम्म लागेको आगलागीबाट करिब आठ विघा जमिनमा लगाइएको गहुँबाली जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले बताए ।

उनका अनुसार विद्युतको तार सर्ट हुँदा गहुँमा आगलागी भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ६ बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्