आगो निभाउने क्रममा जलेर दुई जनाको मृत्यु


 


काठमाडौं, वैशाख ७ । स्याङ्जाको बिरूवा गाउँपालिका–७ कुमेरदुङ बस्ने ७४ वर्षीया रेउसरी गुरूङको आगोले जलेर बिहीबार दिउँसो मृत्यु एको छ ।

आफ्नो बारीमा कोदोको बिउ राख्नलाई पात–पतिङ्गर जलाउने क्रममा आगो जंगलमा सल्कन गई निभाउने क्रममा उनको जलेर
घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै दाङको लमही नगरपालिका–९ तरूलिया बस्ने ७० वर्षीय वीरबहादुर बोटेको आगलागीमा जलेर बिहीबार साँझ मृत्यु भएको छ ।

आफ्नै घर र कच्ची गोठ आगलागी हुँदा घरभित्र रहेको सामान निकाल्न घरभित्र गएकोमा उनको आगोले जलेर मृत्यु भएको हो ।

आगलागीबाट घर, गोठ पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

साथै सोही ठाउँ बस्ने जित बहादुर बोटेको कच्ची घर र कच्ची गोठमा समेत आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ४ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ७ बैशाख २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्