विमानस्थलबाट ८५० ग्राम सुन बरामद, भारतीय महिला पक्राउ


 


काठमाडौं, वैशाख ७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद भएको छ ।

विमानस्थलको आगमन टनेल गेटबाट शुक्रबार दिउँसो सो सुनसहित भारतीय महिला सहिना प्रभिनलाई पक्राउ गरेको हो ।

प्रभिनले उक्त सुन प्लाष्टिकभित्र राखेर कालो टेपले बरेर साथमा राखेकी थिइन् ।

प्रकाशित मिति: ७ बैशाख २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्