गण्डकीको प्रदेश सभा बैठक स्थगित


 


काठमाडौं, वैशाख ७ । गण्डकी प्रदेशको प्रदेश सभा बैठक स्थगित भएको छ ।

गण्डकी प्रदेश सभाको विशेष अधिवेशनको पहिलो दिन प्रतिपक्षी दलबिनै सुरु भएको बैठक स्थगित भएको हो ।

बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसद उपस्थिति भएनन् । प्रदेशसभा बैठकअघि बसेको परामर्श समितिको बैठकमा पनि प्रतिपक्षी दल उपस्थित भएनन् ।

प्रतिपक्षी दलबिनै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेश प्रमुखबाट अधिवेशन आह्वान भएको जानकारी गराउने र बैठक स्थगित गर्ने सहमति भएको थियो ।

प्रकाशित मिति: ७ बैशाख २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्