कांग्रेस सांसद बजगाईंद्वारा चिनियाँ हस्तक्षेपको भर्त्सना


 


काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद राजेन्द्र बजगाईंले नेपालमा वामपन्थीहरुको स्थिर सरकार भएको हेर्ने चिनियाँ पक्षको चाहनालाई गम्भीर आपत्ति जनाएका छन् ।

चीन भ्रमणमा रहेको नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङ नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटको क्रममा चीनको इन्टरनेश्नल डिपार्टमेन्ट सेन्ट्रल कमिटी अफ सीपीसी (आईडीसीपीसी) का प्रमुख लिउ चियानचाओले वामपन्थी एकीकरणमा जोड दिएको र नेपालमा वामपन्थीहरुको स्थिर सरकार भएको हेर्न चाहेको भन्ने समाचारको बारेमा टिप्पणी गर्दै कांग्रेस सांसद बजगाईंले यस्तो टिप्पणी गरेका हुन् ।

उनले आफू राष्ट्रवादी र कांग्रेसको सक्रिय कार्यकर्ता भएको नाताले आफूले उक्त हस्तक्षेपको भर्त्सना गरेको जनाएका छन् ।

प्रकाशित मिति: ७ बैशाख २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्