भारतको खेतमा लगाइएको आगोले नेपालका चार घर जलेर नष्ट


 


वीरगन्ज, वैशाख ८ । भारतीय किसानले आफ्नो गहुँ खेतमा लगाएको आगाले नेपालका चार घरमा क्षति पुगेको छ ।

विहार पश्चिमी चम्पारण थाना मैनाटार नजिकै रहेको बसनपुर क्षेत्रमा रहेको गहुँ खेतमा लगाइएको आगोले पर्साको छिपहरमाइ गाउँपालिका वडा नम्बर–१ मा घरहरू जलेर नष्ट भएको प्रहरीले बताएको हो ।

भारतीयहरूले आफ्नो खेतको गहुँ काटिसकेपछि पराल नष्ट गर्नका लागि आगो लगाएका थिए । सो आगोको झिल्का उछिट्टिएर छिपहरमाइको भलुवहीयाको एक कुखुरा फर्ममा पुगेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । त्यही कुखुरा फर्मबाट सल्केको आगोले ४ वटा घर, एक कुखुरा फर्म, गोठ पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

योसँगै करिब १ बिघा खेतको गहुँसमेत जलेर नष्ट इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । दमकल तथा स्थानीयको सहयोगमा अहिले आगलागी नियन्त्रणमा लिइसकेका छन् ।

प्रकाशित मिति: ८ बैशाख २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्