ओलीको प्रतिवेदन : पाँच लाख सदस्य थप्ने लक्ष्य


 


काठमाडौं, वैशाख ८ । नेकपा (एमाले)ले पाँच लाख भन्दा बढी पार्टी सदस्य थप्ने लक्ष्य बनाएको छ ।

ललितपुरको गोदाबरीमा शनिबार सुरु भएको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पाँच लाख सदस्य थप्ने लक्ष्य निर्धारण गरिएको छ । प्रतिवेदनमा ०८४ को निर्वाचनमा एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने उल्लेख छ ।

बलियो पार्टी निर्माणका लागि हरेक जिल्ला र पालिका तहमा कुल मतदाताको ६ प्रतिशत पार्टी सदस्य बनाउनुपर्ने महासचिव शंकर पोखरेलले बताएका छन् । उनले जिल्ला तथा पालिका तहमा कुल मतदाताको ६ प्रतिशत प्रत्येक वडामा न्यूनमत तीन प्रतिशत पार्टी सदस्यता विस्तारको योजना बनाउनुपर्ने बताए ।

पोखरेलको सांगठनिक प्रतिवेदनअनुसार हाल एमालेमा २ लाख ७७ हजार ४०० संगठित सदस्य छन् । हाल पार्टी सदस्य संख्या भने पाँच लाख ७६ हजार ६० छ ।

कुल मतदाताको ६ प्रतिशत पार्टी सदस्य बनाउन ५ लाख २ हजार ६६८ सदस्य थप्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: ८ बैशाख २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्