वाम एकताका लागि प्रयास जारी राख्नुपर्छ : प्रचण्ड


 


काठमाडौं, वैशाख १० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीबीच कुनै न कुनै रुपले सहकार्य र एकतामा जान आवश्यक रहेको बताएका छन् ।

नेकपाका संस्थापक नरबहादुर कर्माचार्य प्रतिष्ठानले सोमबार ललितपुरको च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले कम्युनिष्टहरुको एकताका लागि प्रयास जारी राख्नुपर्ने बताए । विगतमा असम्भव भयो भन्दैमा एकताको प्रयासलाई छोड्न नमिल्ने उनले बताए ।

विगतमा चुनाव मिलेर लडेको र पार्टी एकता गरेको तर बचाउन नसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘एकपटक असम्भव भयो भन्दैमा सही कामको निम्ति हामीले प्रयासलाई छोड्न हुँदैन । हामी निरन्तर प्रयास गरी नै राख्नुपर्छ ।’

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय एकताको निम्ति जोखिम उठाउनुपर्ने बताए ।

प्रकाशित मिति: १० बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्