मुख्यमन्त्री सोडारी नियुक्तिविरुद्धको रिट आज सुनुवाई हुँदै


 


काठमाडौँ, वैशाख ९ । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्चमा दायर गरिएको रिटमा आज सुनुवाइ हुँदैछ ।

उक्त रिट न्यायाधीश बालकृष्ण ढकालको इजलासमा सुनुवाइ गर्ने गरी पेशी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीका वारेस गोविन्द चौधरीले चार विपक्षी कायम गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले २२ चैतमा राजीनामा दिएपछि संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका थिए ।

नागरिक उन्मुक्तिका तर्फ (रेशम पक्ष)बाट वैशाख २ मा लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरी (रञ्जिता पक्ष)ले दावी पेश गरे । तर, दाबी पेश गरेको दुई दिनपछि ती दुबै दाबी रद्द गर्दै ४ वैशाखमा प्रदेश प्रमुख नजिर मियाँले पुनः दाबी पेश गर्न आह्वान गरे । त्यसपछि दिर्घ सोडारीलाई मुख्यमन्त्री नियुक्त गरिएको थियो ।

प्रकाशित मिति: १० बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्