किन आन्दोलनमा उत्रिए लेखापढी कानुन व्यवसायी ?



काठमाडौं, पुस २१

सरकारले सेवा केन्द्र विस्तार गर्न लागेको विरोधमा रौतहटको गौरका लेखापढी कानुन व्यवसायी आन्दोलनमा उत्रिएका छन् । मालपोत, नापी र भुमि सुधार कार्यालयको काम सदरमुकाम गौरबाट मात्र हुँदै आएकोमा सरकारले अब गरुडा र मौलापुरमा समेत कार्यालय स्थापना गर्ने तयारी गरेपछि गौरका लेखापढी कानुन व्यवसायीले विरोध गरेका हुन् ।

कार्यालय स्थानान्तरण गर्दा आफ्नो आम्दानीको एकाधिकार गुम्न सक्ने भएकाले नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन र लेखापढी कानुन व्यवसायी समितिले गत आइतबारदेखि तीनै कार्यालयको काम बन्द गराएका छन् । लेखापढी कानुन व्यवसायीहरुले काम ठप्प पारेपछि सेवाग्राही प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News