नेप्सेमा दोहोरो अंकको गिरावट


 


काठमाडौं, वैशाख १० । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज (सोमबार) दोहोरो अंकले गिरावट आएको छ ।

आज नेप्से १५.४१ अंकले घटेर एक हजार ९ सय ६९ दशमलव ०२ बिन्दुमा रोकिएको हो । हिजो भने १२.२९ अंकले बढेर एक हजार ९ सय ८४ दशमलव ४३ विन्दुमा बन्द भएको थियो ।

नेप्सेमा आज २ अर्ब ५ करोड ८३ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १८६ वटाको घटेको छ भने ४९ वटा कम्पनीको शेयरमूल्य बढेको छ । बाँकी १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार पिपुल्स पावर लिमिटेडको सेयर मूल्यमा सर्वाधिक वृद्धि भएको छ । आज सो कम्पनीको शेयरमूल्य ६.९१ प्रतिशतले बढेको छ । आज डोल्तीको सेयर मूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ७.३७ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी गोर्खाज फाइनान्स लिमिटेडको ११ करोड ५४ लाख बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति: १० बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्