गाडीको ठक्करबाट वृद्धाको मृत्यु


 


काठमाडौँ, वैशाख १० । कपिलबस्तुको शुद्धोधनमा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

शुद्धोधन गाउँपालिका–६ टिटिहिरियास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट मायादेवी गाउँपालिका–३ फुलिका बस्ने ७० वर्षीया बारैती बानियाको आइतबार राति मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको दुर्घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १० बैशाख २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्