सुनको मूल्य आज ह्वात्तै घट्यो, कति छ तोलाको ?


 


काठमाडौं, वैशाख ११ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ ।

सुन आज तोलामा दुई हजार सात सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ३५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख ३८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ घट्दै प्रतितोला एक हजार ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ११ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्