कतारका राजा काठमाडौँमा अवतरण


 


काठमाडौँ, वैशाख ११ । कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी काठमाडौँ अवतरण भएका छन् ।

अमिर मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । उनलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा पुगेका छन् ।

कतारका राजा विमानस्थलमा अवतरण भएपछि उनलाई त्यहीँ सेनाको सलामीसहित सम्मान गर्ने कार्यक्रम रहेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।

प्रकाशित मिति: ११ बैशाख २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्