ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवानको मृत्यु


 


विराटनगर असार २
मोरङमा मालबाहक ट्रकको ठक्करबाट गम्भीर घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ। सीमा प्रहरी चौकी भन्टाबारीमा कार्यरत प्रहरी जवान पदमबहादुर कामीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मङ्गलबार साँझ मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

उर्लाबारी सडकखण्डमा को१ख १५५४ नम्बरको ट्रकले उनी चढेको बा३३प ९८८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ट्रकसहित चालक प्रहरीको नियन्त्रणमा छ । रासस

प्रकाशित मिति: २ असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्