कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त


 


काठमाडौं, वैशाख १४ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज गैरे बर्खास्त भएका छन् ।

मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशन गरी डा. गैरेलाई बर्खास्त गरिएको जानकारी दिएको हो । मन्त्रालयले ०८० वैशाख २ गतेदेखि सम्पर्कमा नरहेको भन्दै उनलाई सेवाबाट बर्खास्त गरिएको जनाएको छ ।

निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड ६ बमोजिम गैरेलाई मन्त्रिपरिषद्को निर्णयअनुसार सेवाबाट हटाइएको जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: १४ बैशाख २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्