हिमाञ्चलसँग फेरि हार्‍यो नेपाल


 


काठमाडौं, असार २

टी-२० विश्वकप छनोटको तयारीका रहेको नेपाली टोलीले भारतमा भ्रमणमा दोस्रो हार बेहोरेको छ।

बुधबार भएको खेलमा नेपाल हिमाञ्चल प्रदेशको टोलीसँग ७  रनले पराजित भएको छ। यो सँगै नेपालले हिमाञ्चल प्रदेशको टोलीसँगको अभ्यास खेल २-२ को बराबरी भएको छ।

स्थानीय रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली हिमाञ्चल निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १५० रन बनाएको थियो।

हिमाञ्चलका लागि अभिमन्यू रानाले सर्वाधिक ६७ रनको नटआउट पारी खेलेका थिए। अमित कुमार ४९ रनमा आउट भए।

१५१ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको नेपाल निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १४३ रनमा समेटियो।

नेपालका लागि कप्तान पारस खड्काको नटआउट ३६ रन र उप कप्तान ज्ञानेन्द्र मल्लको २९ रन जोडेका थिए।

यसअघि अनिल मण्डल १५, राजेश पुलामी २३ रन बनाएका थिए।

धर्माशाला रंगशालामा नेपालका लागि अभिनास कर्णले २ तथा जितेन्द्र मुखिया,प्रदिप ऐरी र बसन्त रेग्मीले १-१ विकेट लिए।

प्रकाशित मिति: २ असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्