बझाङमा सर्वदलीय बैठक बस्दै, १२ बजेदेखि मतगणना गर्ने तयारी


 


चैनपुर, वैशाख १६ । बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय बैठकको तयारी भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ११ बजे सर्वदलीय बैठक बसेर १२ बजेदेखि मतगणना गर्नेगरी तयारी भइरहेको छ ।

“अहिले हामी तयारी गरिरहेका छौँ”, मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भन्नुभयो, “सबै मतपेटिका सङ्कलन भइसकेका छन्, ११ बजे सर्वदलीय बैठक बसेर १२ बजेदेखि तीन स्थानमा गणना थाल्ने योजना छ ।”

प्रकाशित मिति: १६ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्