तेस्रो लगानी सम्मेलन काठमाडौंमा सुरू


 


काठमाडौं, वैशाख १६ । काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु भएको छ । सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा सहभागीलाई स्वागत गर्दै अर्थमन्त्री पुनले नेपाल लगानीका लागि उपयुक्त मुलुक रहेको उल्लेख गरे । उनले सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर रहेको बताए ।

दुई दिनसम्म चल्ने यो सम्मेलनमा विभिन्न ५५ देशका लगानीकर्ता सहभागी भएका छन् । सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागिता भएको छ ।

बाह्य देशमध्ये सम्मेलनमा सबैभन्दा बढी चीनका २६५ जना सहभागी भएका छन् । भारतका १४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जना सहभागी छन् ।

प्रकाशित मिति: १६ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्