उपनिर्वाचन : इलाम–२ मा कांग्रेसको अग्रता, पछ्याउँदै सुहाङ


 


काठमाडौँ, वैशाख १६ । इलाम २ मतगणनाको प्रारम्भिक नतिजा आएको छ ।

जस अनुसार नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । फाकफोकथुम–१ नम्बर वडाको मत गन्दा कांग्रेसका उम्मेदवार डम्बर खड्काले ६५७ मतका साथ अग्रता बनाएका हुन् ।

खड्कालाई एमालेका उम्मेदवार सुहाङ नेम्वाङले पछ्याएका छन् । उनले ५३४ मत पाएका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले १८७ मत पाएका छन् भने रास्वपाका उम्मेदवार मिलन योङहाङ लिम्बूले ११५ मत पाएका छन् ।

प्रकाशित मिति: १६ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्