बैंकमा नोट अभाव हुँदा राहत वितरण प्रभावित


 


अोखलढुंगा, असार २

बैंकमा नोट अभाव भएपछि अोखलढुंगाका भुकम्प पीडितलाई राहत वितरण कार्य प्रभावित भएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिले खातामा निकासा पठाएपनि बैंकले ठुलो रकम भुक्तानी दिन नसक्दा राहत वितरण रोकिएको हो ।

भुकम्पले पुर्ण तथा आंशिक क्षति पुगेका परिवारलाई राहत वितरण गर्न निकासा आए पनि चेक भुक्तानी नहुदा राहत वितरण रोकिएको खिजीकाति गाविसका प्राविधिक सहायक विरकुमार सुनुवारले बताए । ठुलो रकम भुक्तानी नहुदा राहत वितरण नै रोकिएको सुनुवारको भनाई छ ।

बैंकमा नोट अभाव भएपछि भुकम्पले अति प्रभावित रगनी, खिजीकाति, पोकली लगायतका गाविसमा राहत रकम वितरण हुन सकेको छैन । राहत नपाउँदा भुकम्प पीडित आक्रोशित भएका छन् । राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय ओखलढुंगाले नोट अभावले ठुलो चेक भुक्तानी दिन नसके हो । नोट आएपछि सबै निकासा भुक्तानी दिन सकिने बैंकले जनाएको छ

प्रकाशित मिति: २ असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्