टफीको ‘तड्का इमली’ बजारमा


 


काठमाडौं, वैशाख २६ । नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा. लि. ले आफ्नो कन्फेक्सनरी ब्राण्ड टोफिको अन्तर्गत नयाँटफी ‘टफीइमली टेस्टको नयाँ ब्लाष्ट’को नारा सहितबजारमा सार्वजनिक गरेको छ ।

तड्का इमिलीमा इमिलीको चटकिलो स्वादको साथै चाट मसालाको उत्कृष्ट समिश्रण रहेको छ । टफीको तड्का इमिलीकोे विक्री मूल्य रु. ५ प्रति २ गोटा कायम गरिएको छ ।

यसको नौलो स्वादले ग्राहकहरुको मन जित्न सफल हुनेमा कम्पनी विश्वस्त रहेको छ । टफी तड्का आँप र लिचीको स्वादमा उपलब्ध हुँदै आएको छ र इमलीको नयाँ स्वादले तड्काको पोर्टफोलियो विस्तारमा साथ दिने कम्पनीले जनाएको छ । तफी तड्का इमिली नेपालभरिका रिटेल पसलहरुमा उपलब्ध छन् ।

‘मिन्ट–० फ्रेस’ तथा टफीका विभिन्न उत्पादनहरु नेपाली बजारमा आफ्नो उपस्थिति जनाई ग्राहकहरुको मन जित्न सफल भइरहेका छन् । हाल ‘टफीकोु अन्तर्गत विभिन्न ब्राण्डहरु जस्तै ‘तड्का काचा म्याङ्गो’, ‘तड्का लिची’ र ‘इक्लियर्स’ पनि बजारमा सर्बत्र उपलब्ध छन् ।

प्रकाशित मिति: २६ बैशाख २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्