टिकटकले हाल्यो अमेरिका सरकारविरुद्ध मुद्दा


 


वासिङ्टन डिसी । चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटकले अमेरिका सरकारविरुद्ध मुद्दा हालेको छ ।

अमेरिकाले हालै टिकटकको अमेरिकी व्यवसाय बेच्न होइन भने प्रतिबन्धको सामना गर्न कम्पनीलाई बाध्य बनाउने कानुन पारित गरेपछि त्यसविरुद्ध टिकटक मङ्गलवार अदालतमा गएको हो ।

अप्रिलमा बाइडेनले अप्रिलमा टिकटक बेच्न मातृ कम्पनी बाइटडान्सालाई ९ महिनाभित्रका समय दिने विधेयकलाई कानुनमा हस्ताक्षर गरेका थिए । व्यवसाय बेच्ने प्रक्रियामा प्रगति भइरहेको देखिएमा कम्पनीले थप ३ महिनाको म्याद पनि पाउनेछ ।

टिकटकको व्यवसाय बेच्ने कुरा व्यावसायिक, प्राविधिक र कानुनी रूपमै समेत सम्भव नभएको टिकटकको तर्क छ । कङ्ग्रेसले इतिहासमै पहिलो पटक प्लेटफर्मको नाम तोकेर देशैभर प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ ।

विदेशी स्वामित्वको टिकटक अमेरिकाको राष्ट्रिय सुरक्षामा जोखिम रहेको अमेरिकी कानुन निर्माताहरूले लामो समयदेखि तर्क दिँदै आएका थिए ।

पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२० मै कार्यकारी आदेशमार्फत टिकटकमाथि रोक लगाउन खोजेका थिए तर सफल भएनन् ।

प्रकाशित मिति: २७ बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्