अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७३ साल पुस २५ गते सोमबार। इश्वी सन् २०१७ जनवरी ९ तारिख। नेपाल संवत् ११३७ पोहेलाथ्व। पौष शुक्लपक्ष। तिथि– द्वादशी, २३:५३ बजेउप्रान्त त्रयोदशी। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिष्ठित काम गर्ने मौका मिल्नेछ । काम गर्ने आत्मबल र हौसला बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शैक्षिक क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) ब्यापार ब्यबसायबाट सफलता मिल्नेछ । रमाइलोमा समय बित्नेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ । शत्रुहरु बढ्ने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग छ । सामाजिक मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । राज्यबाट मानसम्मान पाउने अवसर मिल्नेछ । सामाजिक कामको दायित्व बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) भाग्यले साथ दिनेछ भने आटेको काममा सफल हुनेछन । सामाजिक काममा सफलता मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन । रोकिएका अधुरा कामहरु सफल हुनेछन ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बैदेशिक काममा सफलता मिल्नेछ । चुनौतिहरुको सामना गर्नुपर्नेछ । धैर्यले काम लिने समय छ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सोचेको आटेको काममा सफलता मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । नयाँ काममा हात हाल्ने अवसर मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सजिलै अरुको बिश्वास जित्न सकिनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) परिवारको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ । सोचे भन्दा खर्च धेरै हुनेछ । सहयोगीहरू जुटिदिनाले सोचेको कामहरू सजिलै बन्नेछन ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रोकिएका अधुरा कामहरु सफल हुनेछन । धेरैले तपाइको कामको प्रसंसा गर्नेछन । कामले अरूको मन लोभ्याउन सकिनेछ ।

प्रकाशित मिति: २५ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्