धनुषाको क्रसर उद्योगमा एकजना मृत फेला, एक घाइते


 


जनकपुरधाम, जेठ १० । धनुषामा क्रसर उद्योगमा एक जना मृत फेला परेका छन् ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ मा रहेको कमला स्टोन क्रसर उद्योगमा फित्तामा टाउको फसेको अवस्थामा एक युवकको शव फेला परेको हो । मृत्यु हुनेमा स्थानीय गोदरका २० वर्षीय अर्जुन यादव छन् ।

मजदुरी गर्दै आएका यादवको शव ढुंगा फोड्ने मेसिनको फित्तामा टाउको च्यापिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । सोही क्रसरमा काम गर्ने बाराक निजगढ बस्ने ४५ वर्षीय खेमकुमार मगर घाइते अवस्थामा भेटिएका छन् ।

घटना शंकास्पद भएको भन्दै मृतकका आफन्तले अनुसन्धान गर्न माग गरेका छन् । प्रहरीले यस विषयमा थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित मिति: १० जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्