संसदीय छानबिन समिति नबनेसम्म सदन चल्दैन : नेता निधि


 


काठमाडौँ, जेठ १० । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने बताएका छन् ।

बिहीबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा कांग्रेसले शुक्रबार काठमाडौँ केन्द्रित विरोध प्रदर्शन गर्ने बताए ।

नेता निधिले सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण तरिकाले गिरफ्तार गरेको बताए । उनले अध्यक्ष सिरोहियाको साथमा नेपाली कांग्रेस रहेको बताए । कैलाश सिरोहियामाथिका आरोप निराधार र त्रुटिपूर्ण रहेको उनले बताए ।

नेता निधिले सरकार तानाशाही, अधिनायकवादी र राज्य कब्जा गर्नेतिर उन्मुख भइरहेकाले त्यसको विरुद्ध शान्तिपूर्ण संघर्ष अघि बढाउने चेतावनी दिए ।

प्रकाशित मिति: १० जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्