सिरोहिया पक्राउको अर्थ सञ्चारको हक खोसिँनु होइन : ओली


 


काठमाडौँ, जेठ १०। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्नुलाई सञ्चारको हक खोसेको अर्थमा बुझ्न नहुने बताएका छन् ।

आज झापामा एक सडक उद्घाटनका कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सिरोहियालाई कुनै समाचार प्रकाशनको विषयमा नभई सरकारले फौजदारी विषयमा छानबिन गर्नुपर्ने देखेर पक्राउ परेको बताए ।

उनले सिरोहिया पक्राउ सही हो वा गलत हो भन्नेबारे भने कुनै टिप्पणी नगर्ने बताए । तर कसैले पनि गलत व्याख्या गर्न नहुने उनको भनाइ छ ।

प्रकाशित मिति: १० जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्