जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ


 


कास्की, जेठ ११ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी अन्नपुर्ण गाउँपालिका–३ धारापानी बस्ने ३७ वर्षीय बिपिन भन्ने केशव सुनारलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत कास्कीको २०७९ माघ १० गतेको फैसलाले ११ महिना ८ दिन कैद सजाय, १५ हजार रूपैयाँ जरिवाना र ४ सय रूपैयाँ पीडित राहत कोषमा जम्मा गर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले अन्नपूर्ण गाउँपालिका–१ नौडाँडाबाट पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक कानूनी प्रक्रिया अगाडि बढाएको छ ।

प्रकाशित मिति: ११ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्