अध्यादेशबाट होइन, सदनबाटै बजेट आउँछ : पाण्डे


 


काठमाडौं, जेठ ११ । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डले आगामी आर्थिक वर्षको बजेट संसदबाटै आउने बताएका छन् ।

शुक्रबारको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै मुख्य सचेतक पाण्डेले सरकारको ध्यान अध्यादेशमार्फत बजेट ल्याउनेतिर नरहेको बताए । उनले संसद चलिरहेको र तत्काल अन्त्य नहुने बताए ।

सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको र अब पास गरेर बजेट ल्याइने उनले बताए ।

शुक्रबार नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने कार्यसूची थियो । तर, दलहरुका बीचमा संसदको गतिरोध अन्त्यका लागि सकारात्मक वातावरण बनाउने संसद बैठक सल्लाहमै कार्यसूचीमा प्रवेश नगरेको उनले बताए ।

प्रकाशित मिति: ११ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्