अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७३ साल पुस २६ गते। मंगलबार। इश्वी सन् २०१७ जनवरी १० तारिख। नेपाल संवत् ११३७ पोहेलाथ्व। पौष शुक्लपक्ष। तिथि– त्रयोदशी, २१:३८ बजेउप्रान्त चतुर्दशी। तपार्इकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रयास गरे जटिल कामहरु पनि सफल हुनेछन । अरुले सहयोग गर्ने तत्परता देखाउनेछन । पुराना समस्याले भने सताउन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पढाई लेखाइमा सन्तोषजनक प्रगति हुनेछ । दाम्पत्य जीबनमा खुसियाली छाउनेछ । लेनदेनमा भने विवाद आउने हुँदा सचेत रहनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । पारिवारिक यात्राको सम्भावना देखिन्छ । स्वास्थ्यमा सामान्य समस्या देखिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ब्यापार ब्यबसायबाट फाइदा हुनेछ । गरेका प्रयासहरु सकारात्मक रहनेछन । टाढाको यात्राको अवसर मिल्नेछ । सोचे भन्दा खर्च धेरै हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) तपाइको मेनाहत र लगनशीलताको धेरैले प्रसंसा गर्नेछन । प्रयास गरेको काम बिस्तारै भएपनि सफल हुनेछ । पढाइ लेखाइमा सामान्य प्रगति हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सन्तानको माध्यमबाट कामहरु बन्नेछन । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । बैदेशिक ब्यापारमा सफलता मिल्ने योग रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) घरायसी काममा उल्झन आउनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछ भने मन खुसि रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) परिवारको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ । काम गर्ने उत्साह र हौसला मिल्नेछ । नयाँ काममा हात हाल्ने अवसर मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ नोकरीको सम्भावना देखिन्छ । घरायसी काममा रुची बढ्नेछ । पारिवारिक सहयोग मिल्नेछ । काममा केहि चुनौतिको सामना गर्नुपर्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) काममा बिभिन्न अवसरहरु मिल्नेछन । शत्रु र रोगबाट छुटकारा मिल्नेछ । शत्रुहरु पराजित हुनेछन । बिश्वास गरेकाले धोका दिन सक्छन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) परोपकारी काममा रुची बढ्नेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ । स्वास्थ्य समस्याले काममा रोकावट आउन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कृषि कामबाट सफलता मिल्नेछ । पुरानो कमीकमजोरी सुधार गर्ने मौका मिल्नेछ । गरेका प्रयासहरु सफल हुने हुँदा मन खुसि रहनेछ ।

प्रकाशित मिति: २६ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्