दुई सय ५० किलोग्राम गाँजासहित तीन जना पक्राउ


 


धनुषा, जेठ १३ । जनकपुर उपमहानगरपालिका–१३ पिराडी चोकबाट दुई सय ५० किलो अवैध लागूऔषध गाँजासहित सर्लाही हरिवन नगरपालिका–८ स्कूल टोल बस्ने ३० वर्षीय नेत्र बहादुर श्रेष्ठ समेत तीन जना पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले बा.प्र०१–०२७ च १९७७ नम्बरको स्कार्पियो जाँच गर्ने क्रममा स्कार्पियामा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्