बझाङमा रुखबाट लडेर एक युवतीको मृत्यु


 


धनगढी, जेठ १३ । बझाङको तल्कोट गाउँपालिका २ स्थित सापपानी जंगलमा घाँस काट्ने क्रममा एक युवतीको मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने अन्दाजी २३ वर्षीया कबिता धमेनाको रुखबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।

सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्