भूकम्पपीडितले माेवाइल पाउने


 


काठमाडौं, असार ३

स्टोरी साइकलले कलर्स मोबाइलसगको सहकार्यमा भूकम्पपीडितलाई सञ्चार सुविधा उपलब्ध गराउने भएको छ । त्यसका लागि कम्पनीले पुरानो फोन नया जीवन भन्ने अभियान सुरु गरेको छ ।

अभियानअर्न्तर्गत राजधानीमा उपभोक्ताले नयाँ सेट किनेपछि थन्क्याएका पुराना मोवाइल कलर्स मोबाइलले संकलन गर्ने छ

ती मोबाइललाई आवश्यक परे मर्मतसमेत गरेर स्टोरी साइकल भूकम्पपीडितलाई उपलब्ध गराउने छ । कलर्सले राजधानीमा त्यस्ता मोबाइल संकलन गर्न २० ठाउमा ड्रप बक्स राख्ने कम्पनीका रोहित गुप्ताले राजधानीमा त कार्यक्रममा जानकारी दिए ।

प्रकाशित मिति: ३ असार २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्