उड्न लागेको विमानमा सर्प भेटिएपछि……..


 


एजेन्सी ।

ओमानबाट दुबईकन लागि उड्न लागेको विमानमा सर्प भेटिएको छ ।

दुबई उड्न लागेको अमीरात एयरलाइन्सको विमानमा सर्प भेटिएपछि विमानको उडान रद्द गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

एयरलाइन्स प्रवक्ताका अनुसार ओमानको राजधानी मस्कटको हवाई अड्डामा ईके ०८६३ नम्बर को विमानको उडान रद्द गर्नुपरेको हो ।

प्रवक्ताका अनुसार विमानमा यात्रुहरुको प्रवेश हुन भन्दा अघि नै सर्प भेटिएको थियो र त्यसपछि विमानको उडान नै रद्द गरि अनुसन्धान सुरु गर्न थालिएको छ ।

प्रकाशित मिति: २६ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्