गणतन्त्र दिवसको अवसरमा टेलिकमले दियो अफरै अफर


 


काठमाडौं, जेठ १४ । नेपाली टेलिकमले गणतन्त्र स्थापना दिवसको अवसरमा ग्राहकहरुलाई ‘रिपब्लिक डे अफर’ उपलब्ध गराउने भएको छ ।

टेलिकमले विज्ञप्ति सार्वजनिक गर्दै आफ्ना ग्राहकहरुलाई यही जेठ १४ गतेदेखि १६ गतेसम्म ‘रिपब्लिक डे अफर’ उपलब्ध गराउन लागेको जानकारी दिएको हो ।

नेपालमा वि.सं. २०६५ जेठ १५ मा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा भोलि (जेठ १५ गते) गणतन्त्र दिवस मनाइँदैछ ।

दिवसको अवसरमा नेपाल टेलिकमले यस अन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध गराएको छ ।

यसैगरी डाटा प्याकेज अन्तर्गत रु. १११ मा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, रु. १९९ मा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, रु. २९९ मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र रु. ३९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ ।

यही अफर अन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ ।

आगामी जेठ १६ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकेजहरु खरिद गर्न सकिनेछ ।

प्रकाशित मिति: १४ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्