जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ


 


पाल्पा, जेठ १४ । रम्भा गाउँपालिका–५ स्थित होटलमा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका–७ बस्ने २७ वर्षीय मुकेश महतोलाई आइतबार साँझ पक्राउ गरेको हो ।

मुकेशले ती महिलालाई शनिबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ताँहु र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्