कांग्रेस संसदीय दलको बैठक बस्दै


 


काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्न लागेको हो ।

काग्रेसले पछिल्लो समय सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आएको थियो ।

तर छानबिनका लागि संसदीय समिति र त्यसको कार्यादेशबारे दलहरूबीच करिब सहमति भइसकेको सन्दर्भमा कांग्रेसको संसदीय दल बैठकमा अबको रणनीतिबारे छलफल हुनेछ ।

सरकारले आगामि आर्थिक वर्षको बजेट पनि मंगलबार सार्वजनिक गर्दैछ।

प्रकाशित मिति: १५ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्