आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गरिँदै


 


काठमाडौँ । सरकारले आज आर्थिक वर्ष २०८१–०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दैछ ।

अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्नेछन् ।

यसका लागि सङ्घीय संसद्को संयुक्त बैठक दिउँसो १ बजे बोलाइएको छ ।

सहकारीको रकम हिनामिना र अपचलनबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशबारे दलहरू सहमति नजिक पुगेकोले आजको संसद् बैठकमा सौहार्दपूर्ण वातावरणमा बजेट प्रस्तुत हुने देखिएको छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्