संसदीय छानबिन समितिका सदस्यको टुंगो लाग्यो, को–को भए ?


 


काठमाडौं, जेठ १५ । सहकारीको रकम अपचलनबारे बन्ने छानबिन समितिका सदस्यहरूको नाम टुंगो लागेको छ ।

अहिले केहीबेरमा बस्ने संसद्को बैठकले समितिको घोषणा गर्ने तयारी गरेको छ ।

नेपाली कांग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट सूर्यबहादुर थापा र सरिता भुषाल छन् । माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

प्रकाशित मिति: १५ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्