सबैभन्दा बढी बजेट शिक्षा मन्त्रालयलाई, कसले कति पाए ? (विवरणसहित)


 


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट घोषणा गरेको छ ।

विनियोजन बजेट मध्ये चालु खर्चतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब (१८.९४ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड (१९.७४ प्रतिशत) विनियोजन गरिएको छ ।

सार्वजनिक बजेटमा सबैभन्दा बढी बजेट शिक्षा क्षेत्रलाई छुट्याइएको छ ।

कुन मन्त्रालयलाई कति बजेट ?

–कृषि तथा पशुपक्षी मन्त्रालयका लागि ५७ अर्ब २९ करोड

–उर्जा क्षेत्रका लागि ५० अर्ब ७४ करोड

–सञ्चार मन्त्रालयका लागि ७ अर्ब ३५ करोड

–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि ११ अर्ब ५५ करोड रुपैयाँ

–भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि ६ अर्ब ८२ करोड रुपैयाँ

–वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड रुपैयाँ

–शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ

–उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड रुपैयाँ

–खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ

–श्रम तथा रोजगार मन्त्रालयका लागि ८ अर्ब १० करोड रुपैयाँ

–भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ

–रक्षा मन्त्रालयका लागि ५९ अर्ब ७७ करोड रुपैयाँ

–गृह मन्त्रालयका लागि १ खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ

–परराष्ट्र मन्त्रालयका लागि ६ अर्ब ७७ करोड रुपैयाँ

–स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड रुपैयाँ

–युवा तथा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड रुपैयाँ

प्रकाशित मिति: १५ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्