भ्रष्टाचार प्रकरणमा मुछिने कर्मचारीको संख्या ह्वात्तै बढ्यो


 


काठमाडौं । देश र जनताको सेवा गर्ने शपथ खाएर निजामती सेवामा प्रवेश गरेका राष्ट्रसेवक कर्मचारीहरू भ्रष्टाचारमा संलग्न हुने क्रम बढेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैनिकजसो कुनै न कुनै कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्दै आइरहेपछि भ्रष्टाचारमा लिप्त कर्मचारीको पर्दाफास हुन थालेको छ।

अख्तियारका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्त पहिलो सातासम्म भ्रष्टाचारमा संलग्न ४ सय २९ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो । यो क्रम जारी रहेको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार सो अवधिमा २ सय ३४ जनप्रतिनिधिहरूमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ। चालु आवको हालसम्मको अवधिमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेकाहरूको कुल संख्या भने १ हजार ३ सय ३१ रहेको छ। सो अवधिमा १ सय ५९ वटा भ्रष्टाचार मुद्दा दायर भएको छ।

प्रकाशित मिति: १७ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्